‘टिचिङमा दोस्रोपटक गरिएका सबै मिर्गौला प्रत्यारोपण सफल भएका छन्’

Pm_Kp_Oli_office
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहान ९ बजेदेखि चिकित्सकहरूले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिरहेका छन्।

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ११ औं व्यक्ति हुन्। मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राध्यापक डा प्रेमराज ज्ञवालीका अनुसार यसअघि १० जनामा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भइसकेको छ। ‘हामीले अहिलेसम्म १० वटा बिरामीको अपरेसन गरेका छौं। १० वटामै सफल भएका छौं। उहाँहरूको दोस्रो मिर्गौलाले एकदम राम्रोसँग कामसमेत गरेको छ,’ ज्ञवालीले भनेका छन्। सेतोपाटीमा समाचार छ।

अस्पतालमा पहिलोपटक गरिएको प्रत्यारोपणको सफलता पनि झन्डै ९९ प्रतिशत छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार मिर्गौला प्रत्यारोपण गरिसकेपछि त्यो मिर्गौलाले एक वर्षसम्म काम गर्ने तथ्यांक ९५ देखि ९७ प्रतिशत भयो भने त्यसलाई मिर्गौला प्रत्यारोपणको सफलताको आँकडा मानिन्छ। त्रिवि शिक्षण अस्पतालको तथ्यांक हेर्ने हो भने हो भने ९८ दशमलव ७ प्रतिशत छ।

मिर्गौला प्रत्यारोपण गर्दा दिने र लिने मान्छेको बीचको सम्बन्ध हेर्नुपर्छ। मिर्गौला दिने मान्छे रोग नलागेको हुनुपर्छ। उसको एउटा मिर्गौला निकाले भविष्यमा केही नराम्रो नहोस् भनेर ध्यान दिइन्छ भने बाँकी रहेको मिर्गौलाले कम्तीमा पनि ८० वर्षको उमेरसम्म राम्रोसँग काम गरोस् भनेर परीक्षण गरिएको हुन्छ।

मिर्गौला लिने मान्छेले एनेस्थेसिया सहन सक्नुपर्छ। किनकी अपरेशन गर्दा ३ घन्टासम्म लाग्न सक्छ। उसले त्यसलाई सहन पर्छ त्यस्तै बिरामीको शरीरमा अरू कुनै पनि संक्रमण हुनु हुँदैन। त्यसैले लिने र दिनेको तयारी फरक–फरक तरिकाले हुन्छ।

जब लिने र दिने मान्छे तयार हुन्छ त्यसपछि कानुनको प्रावधान मिलाउनुपर्छ। स्वास्थ्यको हिसाबले लिनदिन मिल्ने भयो भने बिरामीलाई अपरेसन गर्नुभन्दा दुईतीन दिनअघि अस्पतालमा भर्ना गर्नुपर्छ। भर्ना गरेपछि अपरशेनको लागि रगत तथा पिसाब परीक्षण गरिन्छ। मिर्गौला लिने मान्छेको शरीरले त्यो मिर्गौला नफालोस् भनेर खानुपर्ने औषधी पनि खान सुरू गर्नुपर्छ।

अपरेसन गर्ने बेलामा मिर्गौला दिनेलाई पहिला अपरशेन कक्षमा लगिन्छ। मिर्गौला दिनेको मिर्गौला निकाल्ने दुई तरिका छन्स् घाउ नपारिकन वा चिरेर। त्रिवि शिक्षण अस्पताल र ग्राण्डी अस्पतालमा मिर्गौला निकाल्ने मान्छेको शरीरमा घाउ गरिँदैन। दुरविनको माध्यमबाट ल्याप्रोस्कोपीको सहयोगले दिने मान्छेको मिर्गौला निकाल्छौं। त्यसो गर्दा दिने मान्छेमा सानो घाउ हुन्छ भने अपरशेनपछि उसको दुखाइ पनि कम हुन्छ। दाग हुँदैन, बिरामीलाई सजिलो हुन्छ।

मिर्गौला निकाल्न तयार भइसकेपछि बल्ल मिर्गौला लिने मान्छेलाई अपरेसन कक्षमा लगिन्छ। र उनीहरूलाई चाहिने विभिन्न रगतको नसामा हाल्ने क्याथेटर, क्यानोला अनि औषधी दिने लाइन सप्पै हालेर बिरामीको अपरेसन सुरू गरिन्छ।

अपरेसन गर्ने सधैँभरि एउटै तरिका हुँदैन। कहिलेकाहीँ दिने र लिनेको परीक्षण गर्दाखेरि औसतमा हाम्रो ३ देखि ४ हप्ता लगभग एक महिना लाग्छ। त्यो सँगै कानुनी कुरा, नाता पर्ने हो कि होइन नाता नपर्ने मान्छे पो नाता हो भनेर आउँछ कि? यो पत्ता लगाउन हाम्रो कानुनी टिमलाई समय लाग्छ।

प्रत्यारोपणको समय ठ्याक्कै भन्न सकिँदैन। हामीले ल्याप्रोस्कोपीको मद्धतले मिर्गौला निकालेको छौं भने औसतमा डेढदेखि दुई घन्टामा दिने मान्छेको मिर्गौला निकालिन्छ र निकालेपछि त्यसलाई तयार गर्नुपर्छ। निकालेपछि पनि उसको रगतको नली आर्टी, भेन अनि पिसाबको नलीलाई तयार गर्नुपर्छ।

मिर्गौला राख्दा बेहोस गरेको समयदेखि उठाउने समयस्म्म हेर्ने हो भने २–३ घन्टा नै लाग्न सक्छ। तर खास अपरेसन भनेको रगत बग्ने नसा र पिसाब नलीहरू जोड्ने हो। रगतको नसा हामीले ३० देखि ४० मिनेटमा जोडन सक्छौं। त्यसपछि बन्द गर्ने र सफा गर्ने काम हुन्छ। साधरणतः औसतमा मिर्गौला प्रत्यारोपण गरेको बिरामीमा कुनै पनि जटिलता आएन, औषधीको कुनै पनि अलग असर देखिएन र मिर्गौलाले काम गर्न थाल्यो भने औसतमा ४ देखि ५ दिनमा बिरामी घर जान्छ।

प्रत्यारोपण गर्दा मिर्गौला दिने र लिनेको उमेरले पनि असर पार्छ। दिने र लिने मान्छेको उमेर ५(१० वर्षको अन्तर भयो भने त्यो मिर्गौला बढी ुम्याचु गर्छ। जस्तो ७० वर्षको मान्छेको मिर्गौला २५ वर्षको मान्छेले लियो भने त्यो २५ वर्षको मान्छे ५० वर्षको हुँदा त मिर्गौला १०० वर्षको हुन्छ। त्यसैले पाँच दश वर्षको अन्तर गरेको राम्रो हो। अहिले संसारभरि मिर्गौला दिनेको संख्या कम भएको छ। अर्कोतिर ुब्रेन डेथु भएका बिरामीको मिर्गौला झिकेर प्रत्यारोपण गर्न नेपालमा अझै सकिएको छैन। त्यसैले मिर्गौला पाउने सम्भावना थोरै हुने भएकाले ६० वर्ष भने पनि ६० भन्दा माथिल्लो उमेरको ७० वर्षसम्मको मान्छेको समेत मिर्गौला लिन सकिन्छ। तर मिर्गौला दिने व्यक्ति स्वस्थ हुनुपर्छ। उसलाई कुनै रोग हुनु हुँदैन भने भविष्यमा समेत आफैंलाई मिर्गौलाको रोग हुने सम्भावना रहनु हुँदैन।

मिर्गौला लिनेलाई उमेरले रोक्दैन। हामीले हाम्रो अनुभवअनुसार ६-७ वर्षको उमेरदेखि हामीले ६५–७० वर्षको उमेरसम्मको मान्छेलाई पनि मिर्गौला प्रत्यारोपण गरिसकेका छौं। केही समयअगाडि भारतमा मेरा एक जना शिक्षकको ९३ वर्षको उमेरमा समेत मिर्गौला प्रत्यारोपण भएको छ। ९३ वर्ष भन्दैमा सबै कमजोर हुन्छन् भन्ने होइन। त्यो उमेरसम्म पनि उहाँले अस्पताल गएर बिरामी जाँच्ने उपचार गर्ने गर्नुभएको थियो। कोही मान्छे २५–३० वर्षमै कमजोर भएर मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने हुनसक्छ। त्यसैले उमेरमात्र ठूलो कुरा होइन। बिरामीको शरिर कस्तो छ, उसले समाजलाई के दिएको छ भन्ने कुराले पनि निर्धारण गर्छ।

त्रिवि शिक्षण अस्पतालको सन्दर्भमा अहिलेसम्म सबैभन्दा कम ८ वर्षको र सबैभन्दा बढी ७५ वर्षसम्मका मिर्गौला प्रत्यारोपण गरेका छन्। नेपालभरिमा झन्डै १५ सय मिर्गौला प्रत्यारोपण भएको छ, जसमध्ये शिक्षण अस्पतालमै ७ सय पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्