प्रधानमन्त्री ओलीको अप्रेसन जारी

PM_KP
लोकपाटी न्यूज

काठमाडौं। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले अप्रेसन (शल्यक्रिया) भइरहेको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बुधबार बिहान १० बजेपछि उनको शल्यक्रिया सुरु गरिएको हो।

अस्पतालका निर्देशक डा‍. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको जानकारी दिएका हुन्।

‘अप्रेसनका लागि प्रधानमन्त्रीज्यूलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगेर काम थालिएको छ,’ अस्पताल परिसरमा पत्रकाहरूलाई जानकारी दिँदै निर्देशक खड्काले भने, ‘उहाँलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको छ।’

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो। शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने शल्यक्रियामा संलग्न चिकित्सकले बताएको नेपालखबरले लेखेको छ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमार सहभागी हुने शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

‘टिचिङमा दोस्रोपटक गरिएका सबै मिर्गौला प्रत्यारोपण सफल भएका छन्’

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पशुपतिमा पूजा

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट ?

प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटरमा लगियो

पाकिस्तानका समकक्षीबाट स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री ओलीको शरीरमा अब चार मिर्गौला

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्