नारायणकाजी श्रेष्ठको सुरु भयाे संसद यात्रा

Narayankaji shrestha
लाेकपाटी न्यूज

काठमाडौं, २१ फागुन। आजदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई संघीय संसदको ढोका खुलेको छ। गत माघ ९ मा भएको निर्वाचनमा गण्डकी प्रदेशबाट विजयी भएका श्रेष्ठले बुधबार सांसदका रूपमा सपथ लिएका हुन्।

उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। दुई वर्षअघि गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईसँग सात हजार बढी मतले पराजित भएका श्रेष्ठ त्यसपछि पार्टीमा क्रियाशील रहे।

श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशको अन्यमा उम्मेदवार बनाएको थियो। श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई फराकिलो मतान्तरले पछि पारेर राष्ट्रिय सभा सांसद बनेका हुन्। श्रेष्ठ नेकपाको प्रवक्ता र प्रचार विभाग प्रमूख पनि हुन्। श्रेष्ठको यात्रा पहिलोपटक निर्वाचित सांसदका रूपमा संसदतर्फ लम्किएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्