‘लोकतन्त्रमा सरकार निरंकुशता र प्रतिपक्ष विरोधवादमा फस्ने खतरा हुन्छ’

nayarayankaji
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवहारमै आर्थिक विकास र सम्बृद्धिको कार्यभार पूरा गर्नुको विकल्प नभएको बताएका छन्। राष्ट्रियसभा उनले भने, ‘हामीसँग बहुमत छ, संविधान छ र स्थायी सरकार छ। त्यसैले अब विकास निर्माण र समृद्ध नेपाल बनाउनुको विकल्प छैन।’

उनले कांग्रेसलाइ नेपालको भौगोलिक अखण्डतामा सहकार्य गर्न कांग्रेसलाई आग्रह गरे। लोकतन्त्रको अभ्यासमा पनि काँग्रेसलाइ सहकार्य गर्न उनको अपिल छ। ‘नेपालको लोकतन्त्र नयाँ मोडलको लोकतन्त्र हो। यसलाई अझ नयाँ बनाउदै जानुपर्छ। लोकतन्त्रविरुद्ध हुने काममा प्रतिपक्षले पनि सहकार्य गरोस्।’

उनले विकास निर्माणका काममा पनि कांग्रेसलाइ सहकार्य गर्न अपिल गरे। ‘लोकतन्त्रमा जनताले निर्वाचित गरेर सत्ता निर्माण हुन्छ। सत्ता थोरै निरंकुश हुने खतरा हुन्छ। सत्तामा हुनेले निरंकुश हुने प्रवृतिबाट बच्नु पर्छ। विपक्षी पनि विरोध वादमा फस्ने खतरा हुन्छ। सरकार निरंकुश हुने खतरा हुन्छ।’

उनले सरकारको कामको आलोचना गर्दै वैचारीक विचलन र भ्रष्टचारबाट बाहिर निस्कन आग्रह गरे। ‘वैचारिक विचलन र भ्रष्टाचारबाट बाहिर आएर काम गर्नुपर्छ अब’, उनले भने। उनले सरकारले आफ्ना कामको पुन समिक्षा गर्ने बताए। सरकारलाई शासन गर्नका लागि नभई लोकतन्त्र रक्षाका लागि जनताले जिताएको उनको भनाइ थियो।

उनले राष्ट्रिय एकताका सवालमा भारतले मिचेको लिम्पियाधुराको नेपाली जमिन फिर्ता गर्न पहल गनुपर्ने, लोकतन्त्रका आधारभुत मान्यतालाई विकास गर्दै प्रतिगमनका सारा षड्यन्त्र असफल पार्नुपर्ने बताए। विकासको फड्को मार्ने विषयमा पनि सवै शक्ति एकजुट हुनुपर्ने र अहिलेको गतिबाट मात्रै सामाजिक आर्थिक विकासमा सवै एकजुट हुन अपिल गरे। उनले सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थय लाभको कामना समेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्