रुखबाट लडेर एकको मृत्यु 

लोकपाटी न्यूज

राजेन्द्र बिक/बाजुरा। गौमुल गाउँपालिका वडा नम्बर १ अन्द्राडीमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ। भेडालाई पाला काट्ने क्रममा उनी रुखबाट लडेका थिए।

भेडा चराउन गएको समयमा २२ वर्षीय रामबहादुर बोहराको रुखबाट लडेर अलम्टा जङ्गलमा मृत्यु भएको आफन्त देवबहादुर बोहराले बताए। मंगलबार साँग रामबहादुरलाई स्थानीय धन्नामे बोहराले फेला पारेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्