एसीसी इस्टन रिजन टी-२० क्रिकेटमा नेपालको कीर्तिमानी जित

Nepal-wine pic
लाेकपाटी न्यूज

काठमाडौं, २१ फागुन। एसीसी इस्टन रिजन टी-२० क्रिकेटमा नेपालले कीर्तिमानी जित हात पारेको छ। बुधबार थाइल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई ३३ बलमा ९ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा खाता खोलेको हो।

टस जीतेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर ६६ रन बनाएको थियो। ६७ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५‍.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ। नेपालका लागि ओपनर युवा ब्याट्सम्यान कुशल मल्लले १८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३६ रन प्रहार गरे।

पवन शरार्फले १० बलमा ३ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाउँदा नेपालले फराकिलो जीत हात पारेको हो।यस्तै, ओपनर पारस खड्का ९ रनमा आउट भएका थिए। उनलाई थाइल्यान्डका नोफेन सानामोन्टीले आउट गरेका थिए। यसअघि टस जीतेर ब्याटिङ गरेको थाइल्यान्डले ६६ रन बनाउने क्रममा हेनन जोर्डन र फिरियापुङ सुनचाईले समान १३-१३ रन बनाए।

नेपालका करण केसीले ३ विकेट लिए। अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १/१ रन बनाए। थाइल्यान्डबिरुद्ध नेपालका बलरले १७ रन ‘एक्स्ट्रा’ खर्चेका थिए।थाइल्यान्डविरुद्धको खेलमा नेपालले अहिलेसम्मकै छोटो समयमा लक्ष्य पूरा गर्दै किर्तिमानी बनाएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्