शहिद स्मृति मावि पोखरामा शैक्षिक सामग्री वितरण

pkr
लाेकपाटी न्यूज

पोखरा, २१ फागुन। शहिद स्मृति आवासीय मावि पोखरामा शैक्षिक सामग्री वितरण गरिएको छ। सहिद सप्ताह कार्यक्रम अन्तर्गत रहेर सहिद-बेपत्ता स्मृति स्पोटर्स स्कूलको आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको हो।

बार्दलि बचत तथा ऋण सहकारी संस्थाले करिव एक लाख बराबरको शैक्षिक सामग्रीको लागि आर्थिक सहयोग गरेको हो। नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको प्रमूख आतिथ्यतामा भएको सो कार्यक्रममा दिपक देवकोटा, सुमन गिरी, क्षितिज सापकोटा लगायतले मन्तव्य राखेका थिए।

संस्थाका अध्यक्ष तारानाथ सुवेदिको अध्यक्षतामा शैक्षिक सामग्री वितरण गरिएको थियो। उक्त विद्यालयमा १० वर्षे जनयुद्धमा सहादत प्राप्त सहिदका छोराछोरी मात्र अध्ययन गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्