डा. युवराज खतिवडाले सम्हाले दोस्रो पटक अर्थ मन्त्रालय

लोकपाटी न्यूज

काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यभार सम्हालेका छन्। बुधबार अपरान्ह राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर खतिवडाले कार्यभार सम्हालेका हुन्।

यसअघि उनले मंगलबारमात्र अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। पदभार सम्हालेपछि खतिवडाले अर्थ मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन्। संघीय संसद नभएका खतिवडा मन्त्री भएका हुन्। संविधानले संघीय सांसद नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था गरेको छ।

राष्ट्रियसभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार उनले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री केपी ओलीले आज आफ्नो मिर्गौला प्रत्यारोपण सुरु गुर्न अगाडि खतिवडालाई मन्त्री पदमा नियुक्त गरेका थिए।