कृषि विकास बैंकको अध्यक्षमा निरौला

लोकपाटी न्यूज

काठमाडौं। कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले उनलाई आज अध्यक्षमा चयन गरेको हो।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रहेका निरौलालाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले शपथ गराए। राष्ट्र बैंकको सेवाबाट अवकाश हुनुअघि निरौला मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक समेत थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्