‘सरकारलाई साथ दिन्छौं’ : नेता सिंह

prakashman sinha
लाेकपाटी न्यूज

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नतिजामुखी काम गर्न नसकेको बताएका छन् ।

श्वेत विनायक बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट, सुनकाण्ड, निर्मला पन्तको बलात्कारजस्ता घटनाको अनुसन्धान गर्न सरकारले नसकेको आरोप लगाए ।

पार्टीका पूर्व महामन्त्री सिंहले संविधान कार्यान्वयनका लागि काँग्रेसको साथ र सहयोग सधैँ सरकारलाई रहेको उल्लेख गरे ।