नेकपाका प्रदेश सांसद रावल पक्राउ

Akal rawal
लाेकपाटी न्यूज

काठमाडौं, २१ फागुन। नेपाल कम्यसनिष्ट पार्टी (नेकपा) का प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका छन्।प्रहरीले बलात्कारको अभियोगमा बुधवार सांसद रावललाई नियन्त्रणमा लिएको हो।

सांसद रावलले फागुन १५ गते एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले आवश्यक अनुसन्धानपछि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमूख एसपी सुदीप गिरीका अनुसार रावललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

प्रहरीमा दिएको उजुरीमा महिलाले आफूलाई माघ २१ गते बलत्कार गरेको आरोप लगाएकी छिन्। आरोप लगाउने महिला सांसद रावलको चिनजानकै हुन्। रावल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा ९क० मा विजयी भएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्