बलात्कारको अभियोगमा सांसद रावल पक्राउ

Akkal rawal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका प्रदेश सांसद अक्कलबहादुर रावल पक्राउ परेका छन्। प्रहरीले बलात्कारको अभियोगमा बुधवार सांसद रावललाई नियन्त्रणमा लिएको हो।

सांसद रावलले फागुन १५ गते एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले आवश्यक अनुसन्धानपछि नियन्त्रणमा लिएको हो। ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी सुदीप गिरीले भने।

प्रहरीमा दिएको उजुरीमा महिलाले आफूलाई माघ २१ गते बलत्कार गरेको आरोप लगाएकी छिन्। आरोप लगाउने महिला सांसद रावलको चिनजानकै हुन्। रावल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा विजयी भएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्