घुम्टे युवा परिवारको होली पूर्णिमा मेला स्थगित

लाेकपाटी न्यूज

बागलुङ, २१ फागुन । घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले संस्थाको ३५ औ वार्षिकोत्सव तथा होली पूर्णिमा मेला २०७६ स्थगित गरेको छ। कोरोना भाईरस (कोबिड–१९) संक्रमणको खतरा बढ्दै गएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले संस्थाको ३५ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला २०७६ स्थगित गरेको छ।

संस्थाले पूर्वनिर्धारित समय तालिका अनुसार यहि फागुन २३ गतेदेखि २६ गतेसम्म तय गरेको विविध खेलकुद, सांस्कृतिक कार्यक्रम, कृषि मेला प्रदर्शनीसँगै राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुतीसहितको होली पूर्णिमा मेला स्थगित गरेको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए।

नेपाल सरकारले कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गरि मेला, महोत्सव, सभा, सम्मेलन, बैठक, गोष्ठी नगर्न निर्देशन गरे बमोजिम वर्तमान परिस्थितीको गाम्भिर्यतालाई मनन गरि संस्थाको ३५ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला स्थगन गरिएको अध्यक्ष थापाले बताए।

संस्थाले प्रेस विज्ञप्ति जारी गरी मेला स्थगित गरिएको जानकारी गराएको छ। संस्थाले स्थापनाकालदेखि नै होली पूर्णिमाको अवसरमा विविध कार्यक्रमसहित आफनो वार्षिकोत्सव तथा होली पूर्णिमा मेला सञ्चालन गर्दै आइरहेको थियो।

Bigepti

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्