लोकसेवामा आउने सम्भावित प्रश्न र उत्तर

loksewa logo
लाेकपाटी न्यूज

नेपालको राष्ट्रिय झन्डा अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा वि.स. २०७६ वैशाख ५ मा प्रक्षेपण गरिएको थियो । सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ वि.स. २०७६ वैशाख १ गते गरेको हो । राष्ट्र बैङ्कद्वारा २०७६ वैशाख ३ मा सार्वजनिक आर्थिक तथा वित्तीय अवस्था सम्बन्भी विवरण अनुसार आव २०७५र७६को पहिलो आठ महिना अवधिमा व्यापार घाटा २४.५ प्रतिशतले वृद्धि भएको छ ।

शैक्षिक सत्र २०७६ का लागि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुयाउँ रहेको छ । उभिएर सितार बजाई गिनिजबुकमा नाम लेखाउन सफल विश्वकै पहिलो महिला सीतामैयाँ राजचल हुन् । उनी सितारवादक एवं सांस्कृतिक संस्थाकी कलाकारहुन् । प्रसिद्ध सहलेस फूलबारी सिरहामा रहेको छ। प्राचीनकालको ‘राम चरित्र मानस’ र आधुनिककालको ‘कृष्णायान’ अवधि भाषाका प्रशिद्ध महाकाव्य हुन् ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी प्यागोडा शैलीका मन्दीर छन् । काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा, झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई काष्ठकला भनिन्छ। वि.स. २०७५ चैत २४ मा काठमाडौं महानगरद्वारा पारित सवारी तथा यातायात व्यवस्थापन ऐन अनुसार महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा टिकट सम्बन्धी कागजी वा विद्युतीय यात्रु टिकट अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वि.स. २०७६ वैशाख २ मा वल्र्ड बुक अफ रेकर्ड्स लन्डनले जारी गरेको प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्था समता स्कुल काठमाडौं हो । सन् २०१९ अप्रिलमा प्रसिद्ध पुलिट्जर पुरस्कारबाट सम्मानित संस्था क्यापिटल ग्याजेट हो । यो अमेरिकी स्थानीय अखबार हो । हालै समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले मार्ने कडा व्यवस्था समेटिएको नयाँ इस्लामिक कानुन लागू गर्ने राष्ट्र ब्रुनाई हो । ब्रुनाईमा यो नियम सन् २०१९ अप्रिल ३० देखि लागु गरिएको हो । नेपाल संवतका प्रणेता एवं संस्थापक शङ्खधर साख्वा हुन् ।

तामाङ जातिको संस्कृति, परम्परा आदिको संरक्षण गर्ने उदेश्यले तामाङ सङ्ग्रहालयको स्थापना रसुवा गरिएको छ । अब्राहम लिङ्कन आफ्नो कठिन तथा लामो सङ्घर्षपछि सन् १८६१ अमेरिकाको १६ औं राष्ट्रपति बन्न सफल भएका थिए । सुशासनको पृष्ठभूममिमा आएको आर्थिक सुधारसम्बन्धी संरचनात्मक समायोजन कार्यक्रम सञ्चालन गर्ने संस्था विश्व बैंक हो । एस आई प्रणलीअनुसार धारा विद्युत्लाई एम्पियर एकाइमा मापन गरिन्छ । विद्युत विच्छेदन क्रियाद्वारा कुनै एउटा धातुको बाहिरी सतहमा अर्को धातुको जलप लगाउने प्रक्रियालाई विद्युत् लेपन भनिन्छ ।

ब्लुटुथ भन्नाले छोटो दुरीको वायरलेस फाइल आदान प्रदान गर्ने प्रविधिलाई बुझिन्छ । विश्व खेलकुद महोत्सव ओलम्पिकको आयोजना गर्ने पहिलो एसियाली सहर जापानको टोकियो हो । सार्क राष्ट्रका रवीन्द्रनाथ टैगोरलाई गुरुदेव भनी चिनिन्छ । रवीन्द्रनाथ टैगोर भारतका हुन् । विश्वकै सानो मुद्रा जावा हो । नेपाल प्रहरी र उसका आश्रित परिवारलाई मात्र उपचार सेवा दिँदै आएको नेपाल प्रहरी अस्पतालले वि.स. २०७४ कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई पनि सेवा दिन सुरु गरेको हो । नेपाल राष्ट्र बैंकद्वारा वि.स. २०७६ बैशाख ३ मा सार्वजनिक आव २०७५र७६को पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्थाअनुसार नेपालमा रेमिटन्सबापत ५ खर्ब ८२ अर्ब रकम भित्रिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्