दुर्घटनामा वडा सचिवको ज्यान गयो, सात जना घाइते

lokpati banner
लाेकपाटी न्यूज

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–६ का वडा सचिवको जीप दुर्घटनामा ज्यान गएको छ । बुधबार राति गोरखाको मान्बुमा भएको जीप दुर्घटनामा परी सचिवको ज्यान गएको हो । लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङसहित सात जना घाइते भएका छन् । काशी गाउँमा आयोजना गरिएको अपाङ्ग परिचयपत्र वितरण कार्यक्रमका लागि उपाध्यक्ष गुरुङ र कर्मचारीसहितको टोली मान्बु जाँदै थिए । त्यही क्रममा उनीहरुले प्रयोग गरेको ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना मान्बुको धोरतमा भएको हो ।

उनीहरु आरुघाट मान्बु सडक हुँदै काशी गाउँ जाँदै थिए । घाइतेहरुलाई घटनास्थलबाट आधा घण्टाको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा राखिएको छ । उनीहरुलाई उप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको धार्चे गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्