आजको मौसम: मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

weather
symbolic photo
लाेकपाटी न्यूज

काठमाडौं । आज पश्चिमी र पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ । बिहीबार पहाडी भू-भागमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन  महाशाखाले अनुरोध गरेको छ ।

बिहीबार देशका पश्चिमी भू-भागमा सामान्य बदली रहि मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङरहावाहुरीरअसिना साथै मध्य र पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार देशका पश्चिमी  भू-भागमा सामान्य बदली रहि मध्य र पुर्वका भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखीन्छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य र पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ रहावाहुरीरअसिनासहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन रचट्याङ्रहावाहुरी र असिनासहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्