काँग्रेसको पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने तयारी

Nepali Congress
लाेकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने तयारी भएको जनाएको छ । उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण दिने भएको हो ।

प्रतिष्ठानले कांग्रेसको पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिन दश हजार प्रशिक्षक तयार पार्ने भएको छ । प्रशिक्षण ७७ जिल्ला र ६७४३ वटै वडामा सञ्चालन हुने भएको छ । बैठकले ७७ वटै जिल्लाका छ हजार ७४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै उपसभापति निधिले ७७ वटै जिल्ला र १३० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखलाई निर्देशन दिएका थिए ।बैठकमा जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्