मिस वर्ल्ड आज नेपाल आउने

toni_Yen
लाेकपाटी न्यूज

काठमाडौं । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै मिस वल्र्ड टोनी सिंहसहित मिस वर्ल्डको आयोजना संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस तीन दिने नेपाल भ्रमणका लागि आउँदैछन् ।

बिहीबार बिहान आउने द हिडन ट्रेजरले विज्ञप्तिमा भनिएको छ । द हिडन ट्रेजरको २५ औं वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष–२०२० को उपलक्ष्यमा उनीहरूलाई नेपाल भ्रमणका लागि निम्तो दिएको थियो। तीन दिने नेपाल भम्रणको क्रममा मिस वल्र्ड सिंह र मिस वल्र्डको आयोजक संस्थाका प्रतिनिधिले मिस नेपाल अनुष्का श्रेष्ठले सिन्धुपाल्चोकको सोल्सिङ गाउँमा शिक्षा र स्वास्थ्यलाई केन्द्रित गरेर सञ्चालन गरिरहेको प्रोजेक्टको अवलोकन गर्नेछन्।

मिस नेपाल श्रेष्ठले सामुदायिक उत्थानको मोडलमा केन्द्रित काम गरिरहेकी छन्। मिस वलर्डको टप १२ मा पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्