अज्ञात समूहद्वारा गाडीमा आगजनी

JCB
लाेकपाटी न्यूज

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।

आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ । सडक निर्माणमा खटिएका कामदारहरुलाई राति करिब १ बजे कोठाभित्रै थुनेर अज्ञात समूहले गाडीहरुमा आगजनी गरेको कामदारहरुलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगजनीका कारण सबै गाडीहरु पूर्णरुपमा जलेका छन् । कृष्णनगरबाट आएको दमकलले आगो निभाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्