लगातार ४ दिन सार्वजनिक विदा

Calender Bida holiday
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन। यो वर्ष होलीको समयमा लगातार ४ दिन सार्वजनिक विदा हुने भएको छ। फागुन २४ गते शनिबार नियमित सार्वजनिक विदा परेको छ। २५ गते नारी दिवस परेको छ।

यो दिन महिलाहरुलाई सार्वजनिक विदा दिइएको छ। २६ गते पहाडी जिल्लामा होली पर्व सार्वजनिक विदा दिइएको छ। भने २७ गते तराईमा होली पर्व भएकाले उक्त दिनपनि सार्वजनिक विदा परेको छ। होलीमा प्रदेश नम्बर २ को सरकारले भने लगातार २ दिन नै विदा दिने निर्णय लिएको छ। होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ। केन्द्र सरकारले होली पर्वमा एक दिन (फागुन २६ गते) सार्वजनिक बिदा दिने गरेको छ।

प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

१५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ। फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्