३७ वटा नाकामा स्वास्थ्य टोली खटाएका छौंः खतिवडा

लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले नेपालमा कोरोना भाइरस संक्रमण नरहेको बताएको छ। सरकारले भारत प्रवेश गर्ने ३७ वटा नाकामा स्वास्थ्य टोली राखेको समेत उनले दाबी गरे। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक कार्यक्रममा उनले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाइएको जानकारी दिए।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको जानकारी गराउँदै प्रवक्ता खडिवडाले भने, ‘नेपाल कोरोना भाइरसबाट संक्रमण भएको छैन। जुन मानिसलाई देखिएको भनिएको थियो, उसमा कोरोना भाइरस नेगेटिभ देखियो।’

उनले अगाडि भने, ‘भारत प्रवेश गर्ने ३७ वटा नाकामा स्वास्थ्य टोली राखिएको छ। विमानस्थलबाट प्रवेश गर्ने ६ वटा प्रवेशद्धारमा पनि स्वास्थ्य टोली राखिएको छ। स्वाथ्य मन्त्रालयले काम गरिरहेको छ। अन्तराष्ट्रिय मान्यताअनुसार काम गरेका छौं। कोरोना संक्रमण भयो भने के गर्ने भन्ने योजना बनाएर काम गरेका छौं। त्रासको वातावरण छै, सजगत अपनाउने हो।’

प्रवक्ता खतिवडाले मुलूकभित्र कोरोनाको संक्रमण नदेखिएकाले बाहिरबाट हुन सक्ने संक्रमणमा ध्यान दिएको बताए। ‘कोराना भाइरसबाट संक्रमित मुलूकबाट आउने यात्रुहरूलाई बढी निगरानीमा राख्नुपरेको छ।’ प्रवक्ता खतिवडाले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्