के पोर्नको लत लाग्छ ? जान्नुस् केही तथ्य

watching-porn
लाेकपाटी न्यूज

मानिसहरु सबै आफ्नो हिसाबमा फरक हुन्छन् । त्यो संसारभरका मानिसमा लागू हुन्छ । उनीहरुको रुचीदेखि खानपिनमा केही न केही फरक हुन्छ । त्यस्तै पोर्न पनि एउटा रुचीको विषय हो मानिसहरुको । संसारभर यसको प्रयोग व्यापक रुपमा हुन्छ । यो व्यापक भएपनि यसलाई समाजले अझै राम्रो मान्न सकेको छैन ।चाहे त्यो अमेरिकामा होस्, युरोपमा होस् या नेपालमा नै किन नहोस्, यसलाई फरक कोणले हेर्ने गरिएको छ ।

अमेरिकी राज्य युटाहमा एक नेताले पोर्न सामाजिक स्वास्थ्यका लागि खतरा भएको प्रतिक्रिया दिए । नेपालमा त पोर्नलाई भिन्न रुपमा नै हेरिन्छ । पोर्नका खराबीहरु के-के छन् त ?

१. पोर्नले अपराध बढाउँछ ? हिंस्रक यौन अपराध भएपछि जहिले पनि अपराधीले पोर्न हेर्ने गरेको कारणले यस्तो भएको भन्ने गर्छन् । उसो भए बलात्कार तथा यौन अपराधलाई बढावा दिन पोर्न भिडियोको भूमिका हुन्छ त ? सन् १९७० मा कोपेनहेगन विश्वविद्यालयका प्राध्यापक बर्ल कचिन्स्कीले साठ्ठीको अन्तिम तथा सत्तरीको सुरुवाती दशकमा डेनमार्क, स्वीडेन र जर्मनीमा पोर्नमा लगाइएको प्रतिबन्ध हटाएपछि भएका यौन अपराधका बारेमा अध्ययन गरेका थिए । प्राध्यापक कचिन्स्कीले यौन अपराध र पोर्नमा कुनै पनि किसिमको सम्बन्ध नपाइएको बताएका थिए । यति मात्र होइन, त्यस बेला बलात्कार र बाल यौन शोषणजस्ता यौन अपराधमा निकै कमी पाइएको थियो ।

२. पोर्न हेर्नेहरुले महिलालाई भोगको वस्तु मान्छन् ? सन् १९९५ मा मानिसहरुबीच बलात्कार तथा यौन हिंसालाई लिएर सोच्ने शैली र पोर्नका बीच सम्बन्ध के हुन सक्ला भनी ४ हजारभन्दा बढी मानिसमाथि अध्ययन गरिएको थियो । यी व्यक्ति २४ वटा बेग्लाबेग्लै देशबाट छनोट गरिएको थियो । यस अध्ययनमा बलात्कारसँग जोडिएको सोचको स्तर जान्ने प्रयास गरिएको थियो । अध्ययनमा सहभागी मानिसहरुलाई केही विशेष प्रश्न सोधिएको थियो । जस्तो, ‘कुनै महिला आफ्नो पहिलो भेटमा नै कुनै पुरुष साथीको घर या फ्ल्याटमा गई भने यसको अर्थ ऊ यौन सम्बन्धका लागि तयार हुन्छे ?’ अध्ययनमा सहभागीहरुमध्ये जो पोर्न फिल्म हेर्थे, उनीहरु भने तयार नहुने बताइरहेका थिए । जबकी पोर्न फिल्म नहेर्नेहरु भने यस कुरामा सहमत देखिएका थिए ।

पोर्न (यौन चलचित्र) को अर्थ पछिल्लो समय पोर्न सामग्रीहरु हिंस्रक हुँदै जान थालेको केहीको धारणा छ । यसको असर मानिसको दैनिकीमा पर्न थालेको केही बताउँछन् । जस्तो कि पछिल्लो समय सर्वसाधारणको ओछ्यानमा हुने यौन गतिविधि पनि हिंस्रक हुन थालेको केहीको दाबी छ ।

पोर्न डकुमेन्ट्रीमा आबद्ध एक जना अनुभवी पोर्न स्टार भन्छन्, ‘१९९० ताका पोर्नको अर्थ सामान्य यौन सम्बन्ध मात्र हुन्थ्यो ।’ त्यसपछिको एक दशकमै पनि पोर्न भिडियोहरुमा यातनाका कुराहरु ह्वात्तै बढेको छ । सन् २०१० मा शोधकर्ताहरुले ३०० पोर्न भिडियो अध्ययन गरेर के पत्ता लगाए भने ८८ प्रतिशत भिडियोहरुमा शारीरिक रुपमा बल प्रयोग गरिएको पाइयो ।

पोर्न र यौन हिंसा यौन सम्बन्धमा बल प्रयोग गर्ने पात्रहरुमा अधिकांश पुरुषले महिलामाथि आफ्नो शक्ति प्रदर्शन गरेको देखाइएको हुन्छ । यति मात्र होइन, सामान्यतः महिला पोर्न स्टारहरुले बल प्रयोग गर्दाका बेला आनन्दको अनुभूति गरेको वा तटस्थ भावले त्यसलाई स्वीकारेको देखाउने गरेको छ ।

३. पोर्नले तपाईको सोच्ने शक्ति कम गराउँछ ? सन् २०१४ मा भएको एउटा अध्ययनअनुसार बढी पोर्न हेर्ने मानिसको आनन्द अनुभूत गर्ने दिमागी अंश स्ट्रिएटम खुम्चन सक्छ । त्यस्ता मानिसले पछि यौन आनन्द लिन वा यौनमा सक्रिय हुनका लागि दृश्य हेर्न आवश्यक पर्न सक्छ भन्ने भ्रम थियो ।

अध्ययनकर्ताहरुले भने यस किसिमको भ्रमको कुनै प्रमाण फेला पार्न सकेनन् । लगातार र बढीभन्दा बढी पोर्न हेर्ने मानिसमा खुम्चिएको स्ट्रिएटम त पाइएन नै खुम्चिएको एस्ट्रिएटमको मूल कारक पोर्न नै हो भन्ने प्रमाण फेला पार्न सकेनन् । अत्यधिक पोर्न हेर्नेहरुमा भने त्यस्तो सम्भावना बढी हुनसक्नेमा अनुसन्धानकर्ताहरु चुप छन् । यसका साथै यौन सम्पर्कका बेला इरेक्टाइल डिसफङ्सनका लागि प्रायः पोर्नलाई नै जिम्मेवार ठहराइन्छ तर पोर्नकै कारण यस किसिमको समस्या हुने विषयमा भने अझै बढी अनुसन्धान आवश्यक पर्ने अनुसन्धाताहरुको धारणा छ ।

६. पोर्नको लत लाग्छ ? क्याम्ब्रिज विश्वविद्यालयको एउटा अध्ययनले के देखाएको छ भने पोर्न हेर्ने बानी र लागू औषध लिने लत उस्तै हो । यी दुवैका बेला दिमागमा एकै किसिमको प्रतिक्रिया आउने गर्छ । त्यसैले ‘पोर्न एडिक्सन’ हो ।

७. पोर्नले महिलामाथिको दृष्टिकोण बिगार्छ ? क्यालिफोर्निया विश्वविद्यालयमा यस विषयमाथि भएको शोधले के देखाएको छ भने पोर्नोग्राफिक सामग्रीले लैंगिकवादी (सेक्सिस्ट) विचारहरुलाई बढावा दिन्छ ।

पोर्न हेर्नेको बढ्दो संख्या विडुली नामक कम्पनीले संसारभरि नै कसले कति मात्रामा पोर्न साइट हेर्छ भनी हिसाबकिताब राख्ने गर्छ । सन् २०१६–१७ मा नेपाल, भारत, पाकिस्तान, बाङ्लादेशजस्ता मुलुकमा पोर्न भिडियो हेर्नेको संख्या लगभग दोब्बरले वृद्धि भएको छ । विडुलीकी संस्थापक तथा प्रमुख कार्यकारी सुब्रत कौर भन्छिन्, ‘सस्तो स्मार्टफोनको उपलब्धता र सस्तो इन्टरनेटका कारण पोर्न हेर्ने बानी ह्वात्तै बढेको छ ।’ पोर्न हबको डाटाअनुसार विश्वमा प्रतिदिन पोर्न हेर्ने औसत समय ८.५६ मिनेट र नेपालको ८.२२ मिनेट छ ।

-एजेन्सीहरुको सहयोगमा