जनता खुसी पार्न नसके नेकपाको भविष्य धरापः नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्‍ने बताएका छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिष्ट पार्टी रहनको लागि जनता खुसी हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘आफ्‍नो देशका जनतालाई खुसी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिष्ट पार्टी पनि टिक्दैन, त्यो लोकप्रिय पनि हुँदैन। जुन आफ्नो समाजमा जनताकोबीचमा जनताको मन र भावनालाई जित्‍न सक्नुपर्छ। त्यो मन र भावनालाई बुझ्‍नलाई फेरिपनि मूल कुरा भनेको उही जनता नै केन्द्र हो।’

उनले २१ औं शताब्दीको जनवादले प्रतिस्पर्धामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत बताए। त्यसैले कम्युनिष्ट पार्टीका नेताले सर्वाहरा वर्गको नारा दिएर मात्र नहुने र आफूलाई प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताए।

उनले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठूलो उपलब्धी हासिल गरिसकेको तर समाजवाद मान्‍नेहरुले पूजीँवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनु परेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्