कोरोना महामारी : हातेमालाे गर्ने कि चीनलाई घेर्ने ?

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
जनवरी २८ मा न्यू अमेरिकन सेक्युरिटी नामको संरा अमेरिकी चिन्तन थलोले सार्वजनिक गरेको ‘चीनमाथि चुनौतीको विस्तार : हिन्द–प्रशान्तमा अमेरिकी प्रतिस्पर्धाको नवीकरण’ शीर्षकको प्रतिवेदनमा भनिएको छ, “पश्चिमा सरकार र कम्पनीहरूको मूल चुनौती चीनसँगको प्रतिस्पर्धा हो।”
लोकपाटी न्यूज

लन शुनचेङ

चीन अहिले नोवल कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने प्रयासमा लागेको छ। तर, केही पश्चिमा सञ्चारमाध्यमले यति नै बेला यो महामारीलाई ‘चीनको चेर्नोबेल’ भनेर चीनविरोधी पूर्वाग्रह पोखेका छन्। सन् १९८६ मा तत्कालीन सोभियत सङ्घको युक्रेनस्थित चेर्नोबेलमा भएको आणविक सङ्कट आजसम्मकै सबभन्दा खराब आणविक दुर्घटना थियो। चेर्नोबेलको आणविक ऊर्जा परियोजनामा त्यो दुर्घटना भएको थियो।

आणविक विकिरणका कारण सुरुमा तीस जना मानिसको निधन भएको थियो। अरू सयौँ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो। उनीहरूबाहेक सो परियोजनास्थलबाट चुहिएको विकिरणको कारण दसौँ हजार मानिस प्रभावित बनेका थिए। त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष दसौँ अर्ब डलरको आर्थिक क्षति भएको थियो। विकिरणयुक्त धुलो र बादल चेर्नोबेलबाट उडेर सोभियत सङ्घको पश्चिमी भागमा फैलिएको थियो। विशेषतः बेलारुस र युरोपका अन्य भागसम्म यसको प्रभाव परेको थियो। अन्ततः सो आणविक परियोजनाको ३० किलोमिटर वरपर निषेधित क्षेत्र घोषणा गर्नुपरेको थियो।

आणविक दुर्घटनाका गम्भीर परिणामबारे तत्कालीन सोभियत अधिकारीहरूले चेर्नोबेल परियोजना वरपरका स्थानीय बासिन्दा र अन्तर्राष्ट्रिय जगतलाई तत्काल खबर गरेका थिएनन्। आकस्मिक अवस्थामा सोभित सरकारले उपयुक्त कदम नचालेको भनी अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गर्‍यो। यो घटनाले संसारमा ठूलै खैलाबैला मच्चाएको थियो। तर, चीनमा सरकारलाई कोरोना भाइरस महामारीको परिणाम के हुनसक्छ भन्ने कुरा थाहा थिएन। विशेषतः महामारीको प्रारम्भिक अवस्थामा हुपेईको उहान सहरको स्थानीय सरकारको धिमा गतिको प्रतिकार गतिविधिले पनि यो अवस्था निम्तिएको हो।

चीनको केन्द्रीय सरकारले हुपेईको वास्तविकता थाहा पाउने बित्तिकै तत्काल कडा प्रतिकारका कदम चालेर महामारी नियन्त्रणमा तदारुकता देखाएको हो। सरकारले तत्काल क्वारेन्टाइनका नियम घोषणा गर्दै राष्ट्रिय रूपमा स्वास्थ्यकर्मीहरू परिचालन गर्‍यो। स्थानीय सरकार र स्वास्थ्य विभागलाई तत्काल काममा खटिन आदेश दिया । झन्डै दुई साताको अन्तरालमा दुई वटा अस्पताल स्थापना गर्‍यो। चीनले यो बीच सबै सूचना पारदर्शी ग¥यो र महामारीसम्बन्धी तथ्याङ्क अद्यावधि गरिरह्यो।

त्यसकारण चेर्नोबेल सङ्कटलाई कोरोना भाइरसको महामारीसँग तुलना गरेर केही पश्चिमा सञ्चारमाध्यमले संसारमा सन्त्रास फैलाउन खोजिरहेका छन्। चीनको राजनीतिक व्यवस्था र मान्यतालाई बदनाम गर्न खोजिरहेका छन्। जब कि चीन भने यतिबेला तनमन ध्यान दिएर कोरोना भाइरसको महामारी नियन्त्रणमा लागिपरेको छ।

पश्चिमा केही सञ्चार माध्यम अझै पनि शीतयुद्धकालीन मानसिकता बोकेर अघि बढिरहेको प्रस्ट देखिन्छ। विशेषतः संरा अमेरिकी सञ्चार माध्यममा यस्तो चिन्तन जब्बर देखिन्छ। उनीहरूले यो महामारीलाई समेत ‘चाइना आतङ्क’को हिस्साको रूपमा झूटा प्रचार गर्न बाँकी राखेनन्। जनवरी २८ मा न्यू अमेरिकन सेक्युरिटी नामको संरा अमेरिकी चिन्तन थलोले सार्वजनिक गरेको ‘चीनमाथि चुनौतीको विस्तार : हिन्द–प्रशान्तमा अमेरिकी प्रतिस्पर्धाको नवीकरण’ शीर्षकको प्रतिवेदनमा भनिएको छ, “पश्चिमा सरकार र कम्पनीहरूको मूल चुनौती चीनसँगको प्रतिस्पर्धा हो।”

चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो। त्यसकारण त्यहाँ पर्ने प्रभावले विश्व अर्थतन्त्रमा स्वभावतः प्रभाव पार्ने छ। उदाहरणका लागि संसारको धितो बजार थिलथिलो बनेको छ। तेलको मूल्य बढेको छ। चीनको तेलको माग घटेसँगै तेलको मूल्य घटेको हो। चीनबाट निर्यात गरिने सवारी साधनका पार्टपुर्जाका कम्पनी बन्द भएका छन्। निसान कम्पनीले धेरै दिनसम्म आफ्नो उत्पादन घटाउने घोषणा गरेको छ।

तथापि, कोरोना भाइरसको सङ्क्रमण रोक्न चीनले प्रभावकारी कदम चालिराख्न थकान महसुस गरेको छैन। सङ्क्रमणका नयाँ बिरामीको सङ्ख्या घटेको छ। विश्व स्वास्थ्य सङ्गठनले नोबल कोरोना भाइरसको अन्यत्र पनि सङ्क्रमण हुन सक्नेबारे सजग बनाएको छ। चीनबाहिर पनि यो संसारकै गम्भीर समस्या हुनसक्ने उसको भनाइ हो। त्यस अतिरिक्त संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले चीनसँग युक्रेन र कजाकिस्तानलगायत देशसँगको सहकार्य बिथोल्ने प्रयास गरे। जनवरी ३१ र फेब्रुअरी २ मा क्रमशः युक्रेन र कजाकिस्तानमा भ्रमणको क्रममा पम्पेओले त्यस्तो प्रयास गरेका थिए।

संरा अमेरिकाका केही अधिकारीले संसारका लागि चीन एउटा खतरा भएको भट्याउन छोडेका छैनन्। उनीहरूको लक्ष्य भनेको आफ्ना साङ्घुरा राजनीतिक स्वार्थ पूरा गर्नु हो। संरा अमेरिकी वाणिज्य सचिव विलबुर रोसले जनवरी ३० मा चीनमा फैलिएको महामारीले अमेरिकीले काम फिर्ता पाउन सक्ने बताए। सरकारहरूले विशेषतः यस्ता प्राणघातक महामारीविरुद्ध एउटा देश लडिरहेको बखत सहकार्य र सहयोगको हात अघि बढाउनुपर्ने हो। तर, केही सञ्चारमाध्यम र राजनीतिक नेताहरू लामो समयदेखि स्थापित यस्ता विश्वव्यापी नियम मिच्दै छन्।

चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो। त्यसकारण त्यहाँ पर्ने प्रभावले विश्व अर्थतन्त्रमा स्वभावतः प्रभाव पार्नेछ। उदाहरणका लागि संसारको धितो बजार थिलथिलो बनेको छ। तेलको मूल्य बढेको छ। चीनको तेलको माग घटेसँगै तेलको मूल्य घटेको हो। चीनबाट निर्यात गरिने सवारी साधनका पार्टपुर्जाका कम्पनी बन्द भएका छन्। निसान कम्पनीले धेरै दिनसम्म आफ्नो उत्पादन घटाउने घोषणा गरेको छ।

तथापि, कोरोना भाइरसको सङ्क्रमण रोक्न चीनले प्रभावकारी कदम चालिराख्न थकान महसुस गरेको छैन। सङ्क्रमणका नयाँ बिरामीको सङ्ख्या घटेको छ। विश्व स्वास्थ्य सङ्गठनले नोबल कोरोना भाइरसको अन्यत्र पनि सङ्क्रमण हुन सक्नेबारे सजग बनाएको छ। चीनबाहिर पनि यो संसारकै गम्भीर समस्या हुनसक्ने उसको भनाइ हो।

सारमा यो महामारी कुनै पनि हालतमा चीनको चेर्नोबेल होइन। अन्तर्राष्ट्रिय समुदायले यो महामारीको प्रतिकार गर्न सकेसम्म विश्वव्यापी सुरक्षा र स्थायित्व बलियो बनाउनुपर्छ। (चाइना डेलीमा प्रकाशित मजदूर अनलाइनबाट लिएका हौं।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्