एनआईसी एसिया क्यापिटल तेस्रो वर्ष पूरा, सेवामा छुट दिने घोषणा

NIC_ASIA_Capital
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन। एनआईसी एसिया क्यापिटल लिमिटेड आज (बिहीबार) सञ्चालनमा आएको ३ वर्ष पूरा गरेको छ। सोही अवसरमा कम्पनीले आफ्ना सेवामा छुट दिने घोषणा समेत गरेको छ।

कम्पनीले यही फागुन २२ गते सञ्चालनको तीन वर्ष पार गरी चौथो वर्ष प्रवेश गरेको हो। सञ्चालनमा आएको छोटो समयमा नै मर्चेन्ट बैंकिङ क्षेत्रमा सफल मर्चेन्ट बैंकको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ। मर्चेन्ट बैंकिङ व्यवसायमा तीब्र रुपमा प्रतिस्पर्धा रहँदा समेत एनआईसी एसिया क्यापिटल सञ्चालनमा आएको ३ वर्षको छोटो अवधिमै उपलब्धि हाशिल गर्न सफल भएको जनाइएको छ ।

मर्चेन्ट बैंकमध्ये पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त, निक्षेप सदस्यतर्फ १ लाख ८३ हजारभन्दा बढी हितग्राही खाता, लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको, नेपालमै पहिलो पटक आईपीओ ३७ घण्टामा बाँडफाँट गर्न सफल भएको जनाइएको छ।

सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ सन्ध्याकालीन काउन्टर सञ्चालन गरिरहेको, शेयर रजिस्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको, म्युचुअल फन्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको लिमिटेडले जनाएको छ।

क्यापिटलले तेस्रो वार्षिकोत्सवको अवसरमा नयाँ ग्राहकलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ। जसअन्तर्गत फागुन २२ गतेदेखि २०७७ असार मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ। फागुन २२ गतेदेखि २०७६ चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।

क्यापिटलको तेस्रो वर्ष पूरा गरेको अवसरमा क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोबार गर्ने खाताधारक, क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेको इकाईधनी, क्यापिटलको लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राही, शेयर रजिस्ट्रार सेवामा आवद्ध कम्पनी तथा नियमक निकाय लगायत सम्पूर्णमा समस्त क्यापिटल परिवारले आभार व्यक्त गरेको छ। आगामी दिनमा समेत क्यापिटलबाट प्रदान गरिने सेवासुविधालाई छिटोछरितो र सेवाग्राहीमुखी उच्च कोटीको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने जनाइएको छ।

यसैबीच, क्यापिटलले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ। यसअन्तर्गत फागुन २२ गतेदेखि मिति २०७७ असार मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ। साथै यही फागुन २२ गतेदेखि चैत मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्