होलीमा एनआईसी बैंकको मोबाईल बैंकिङमा अफरैअफर

Holi PR pic
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन। एनआईसी एसिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ। उक्त योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २ सय जना भाग्यशाली ग्राहकहरुले १ सय प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गर्न सकिने छ। जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा मासिक १५ हजार ४ सय रुपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ लिन सकिने व्यवस्था छ।

यस्तै बैंकले शुक्रबार बेलुकी ८ बजे देखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १ सय रुपैयाँ क्यासव्याक समेत पाउन सकिने बैंकले जानकारी दिएको छ। बैंकका अनुसार पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार दराजमार्फत सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ।

बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ। यसका अतिरिक्त बैैंकका ग्राहकहरुल मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन।

यस्तै बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकहरुले प्रत्येक हप्ता ५ सय तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकहरुले जनही १ हजार रुपैयाँसम्मको नगद उपहार प्राप्त गर्दै आएका छन । बैंकले हाल ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ५२ एटिएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्