भारतीय प्रधानमन्त्री मोदीद्वारा बेल्जियम भ्रमण रद्द

narendra modi
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेल्जियम भ्रमण रद्द गरेका छन्। कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारण प्रधानमन्त्री मोदीले यस अघि नै तय भएको बेल्जियमको भ्रमण रद्द गरेका हुन्।

मोदी मार्च १४-१५ मा बेल्जियम जाने पूर्व्निर्धा्रित कार्यक्रम रहेको थियो। युरोपियन युनियनको सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका थिए। मार्च १३ का लागि तोकिएको उक्त सम्मेलन पनि स्थगित भएको छ। विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार प्रधानमन्त्री मोदीको निर्धा्रित भ्रमणको कार्यतालिका हालका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ। हालसम्म भारतमा ३० जना कोरोनाबाट संक्रमित भएका छन्। भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्लीका विद्यालयहरु एक महिनाका लागि बन्द गरिएका छन्। कक्षा ५ सम्म पढाइ हुने सबै विद्यालय मार्च ३१ सम्मका लागि बन्द गर्ने निर्णय भएको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्