चीनको चमत्कार : अब विश्वभरि फ्रि वाइफाई !

Internet
लाेकपाटी न्यूज

एजेन्सी । चीनको एउटा कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारी थालेको छ । चिनियाँ एक इन्टरनेट कम्पनीले उपग्रहमार्फत विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउन लागेको हो ।

लिंकश्योर नेटवर्क कम्पनीका अनुसार उपग्रह चीनको उत्तरपश्चिममा रहेको गान्सु प्रान्तमा जियुकान स्याटलाइट लन्च सेन्टरमा आगामी वर्ष उद्घाटन गरिनेछ ।

इन्टरनेटको पहुँचलाई बढावा दिन स्याटलाइट प्रविधि अब उपयुक्त नहुने भन्दै गुगल, स्पेस एक्स, वेन वेभ लगायतका कम्पनीले संसारभर फ्री वाईफाईको तयारी थालेका छन् । बताइएअनुसार सन् २०२० सम्म अन्तरिक्षमा यस्ता १० उपग्रह र सन् २०२६ सम्म २ सय ७२ हुनेछन् ।

पिपुल्स डेलीमा प्रकाशित एक रिपोर्टअनुसार उपग्रहद्वारा उपलब्ध हुने नेटवर्क सहज रुपमा प्रयोग गर्न सकिनेछ । यो सजिलैसँग मानिसहरुले स्मार्टफोनमार्फत प्रयोग गर्न सक्छन् । यसका लागि लगभग ३ अर्ब युआन खर्च हुने बताइएको छ ।