नवविवाहित जोडी त्रिशुलीमा हाम्फाले

लाेकपाटी न्यूज

नुवाकोट, २२ फागुन । एक नवविवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन्। नुवाकोटमा पारिवारीक विवादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका विवाह गरेको केही समय पनि नबित्दै २२ वर्षीय मौषम खाती र २१ वर्षीया सञ्जु खाती आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन्।

छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्रिशुली नदि किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान् मौशमलाई घटनास्थलबाट घाइते अवस्थामा प्रहरीले उद्धार गरिएको थियो।

हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमूख तथा प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले जानकारी दिए। उहाँका अनुसार घाइते श्रीमान् मौषमको अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा भइरहेको छ।

यो दम्पतीको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारीक स्रोतले जनाएको छ। छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारिक विवादका कारण दुवैले आत्महत्याको प्रयास भए भनिएपनि यसको खास कारण भने खुल्न सकेको छैन। तर, यसबारे थप अध्ययन भइरहेको मुद्धा शाखा प्रमूख विष्णु फुँयालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्