मङ्सिर २० मा राम्जा–पञ्चासे म्याराथुन प्रतियोगिता

half-marathank24
लाेकपाटी न्यूज

पर्वत/पर्यटकीय गन्तव्यमा सूचिकृत पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न मंसिर २० गते राष्ट्रिय स्तरको हाफ म्याराथुन प्रतियोगिता आयोजना गरिने भएको छ ।

पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटी स्थित पशुपति उच्च माविले स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयबाट पञ्चासे तालसम्म राष्ट्रिय स्तरको हाफ म्याराथुन प्रतियोगिता आयोजना गरिने भएको हो ।

प्रतियोगता पशुपति माविदेखि शुरु भएर पञ्चासे तालसम्म पुगेर झण्डै २१ किलोमिटर पार गरि पशुपति माविमै पुगेर टुंगिनेछ । पशुपति माविको उचाई १ हजार ५ सय २० मिटरबाट शुरु भई २ हजार २ सय ८६ मिटरसम्म पुगेर सोहीबाट फर्कने कार्यक्रम रहेको स्वर्ण महोत्सब मुल समारोह समितिका अध्यक्ष डण्डपाणि तिमिल्सिनाले जानकारी दिए ।

प्रतियोगिताको विद्यालयका भूपू विद्यार्थी तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता उद्घाटनमा नेपालका लागि पाकिस्तानका राजदुत डा. माज्हर जाभेदको समेत सहभागिता रहनेछ ।

प्रतियोगितामा राष्ट्रिय र क्षेत्रीयस्तरका तथा पर्वत जिल्लाका समेत प्रतियोगीले भाग लिनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्धितियलाई ५० हजार र तृतियलाई २५ हजार पुरस्कार दिइने महोत्सव मुल समारोह समितिका सचिव रमेश केसीले बताए । प्रतियोगितामा सहभागी हुनेले मंसिर १८ गतेसम्म नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

विद्यालयले स्वर्ण महोत्सवको अवसरमा वर्षभरि नै बिभिन्न कार्यक्रम आयोजना गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश शर्मा गौतमले बताए । गत तीजमा महोत्सवकै अवसर पारेर सांस्कृतिक कार्यक्रम गरिएको थियो ।