पार्टी संगठन सृदृढीकरण गर्ने नेकपा तनहुँको निर्णय

tanahu
लाेकपाटी न्यूज

वि.वि. श्रेष्ठ/ तनहँ, २३ फागुन। नेपाल कम्युनिष्ट पार्टी तनहुँको तेश्रो पुर्ण बैठकले पार्टी संगठन सृदृढीकरण गर्ने भएको छ। नेपाल कम्युनिष्ट पार्टी तनहुँको अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमले पार्टी संगठन विस्तार, सदस्यता, सुदृढीकरण गर्ने निर्णय गरेको हो।

पार्टी कार्यलय दमौलीमा भएको उक्त वैठकको प्रमूख आतिथ्यता गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्ग रहेक थिए। यसैगरि सो वैठकले सरकारले लोकप्रिय काम गर्दै आएको भएतापनि विपक्षीले लगातार जनतालाई भ्रमित गरेको हुदाँ अभियानले सरकारले गरेको कामलाई जनताको माझमा पु¥याउने बताए। उनले सरकार जनताप्रति उत्तरदायि रहेको छ तर विपक्षी पार्टीहरु सरकारको त्यो काम नदेखि उल्टै जनतामा सरकारप्रति नकारात्मक भ्रम सिर्जना गर्न लागेका बताए।

सरकार जनताको आवश्यकता पूरा गर्न दिर्घकालिन योजनाका साथ काम गरेको दावी गर्दे प्रमूख अतिथि गुरुङ्गले भने, ‘सरकारले गरेका काम अब व्यवहारिक रुपमा सतहमा देखिनेछ। तर, हाम्रा पार्टी पंक्ति उक्त काम जनतामा पुर्‍याउन नसकेको हुदाँ विपक्षीले अनावश्यक रुपमा खेल्न खोजको छ, त्यसलाई चिर्न पनि पार्टीको संगठन विस्तार र सदस्यता नविकरण सहितको योजना प्रभावकारी हुनेछ।’

यसैगरि, बैठकले प्रधानमन्त्रीको शिघ्रस्वास्थ्य लाभको कामना र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट जनतालाई सुसिचित गर्ने निर्णय गरेको पार्टी अध्यक्ष केदार सिग्देलले जानकारी दिए। सोही अवसरमा अध्यक्ष सिग्देलले पार्टी सँधै जनताको साथमा रहेको हुदाँ पनि संगठन विस्तार र पार्टी सुदृढीकरणमार्फत् जनतामा जान लागको बताए। सो अवसरमा पार्टीको निति तथा कार्यक्रम, जनतामा जानका लागि जिल्लामा रहेका पालिका, वडा, क्षेत्रमा विभिन्न शिर्ष नेतृत्व रहेको कमिटी समेत गठन गरिएको छ।