माक्स बढीमा बेचे वा लुकाए ११३७ मा फाेन गर्नुहाेस्

mask pic
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन। सरकारले मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले अनुरोध गरेको छ। बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर आग्रह गरेको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सो नम्बरमा खबर गर्न आग्रह गरे। विभागले केहि दिन देखि बजार अनुगमन गरिरहेको छ। यस अघि बिभिन्न सप्लायर्सहरुलाई पनि मास्क लुकाउनएर राखिएको भेट्टाए पछि जरिवाना तिराएको छ।

यो पनि पढ्नुहोस्मा : माक्समा कालोबजारी स् के छ सरकारको तयारी  ?

यतिवेला आम नेपालीहरुको कोरोना भाइरसको त्रासले डेरा जमाएको छ। चीनको ऊहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर विश्वव्यापी देखिन थालेपछि त्रास बढ्न थालेको हो। विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भनेका कारण आम जनता चिन्तित देखिन थालेका छन्।

नेपालमा हालसम्म यो भाइरस देखिएको छैन। तर कोरानाको त्रास फैलियसंगै अहिले बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव भएको छ। कोरानाको असर फैलिन नदिन सावधानी अपनाउन चिकित्सकहरुले माक्स तथा सेनिटाइजरको प्रयोग गर्न सुझाएपछि बजारमा ती सामाग्रीको अभाव भएको हो।

अहिले उपभोक्ताले सहजै रुपमा मास्क पाउन नसकेको कतिपय स्थानमा पाइए पनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको बताउँछन्। बजारमा भाइरसको त्रासले मास्क र सेनिटाइजरको माग अत्यधिक रहेकाले अभाव त देखिएकै छ र अभावको नााममा कालोबजारी पनि उत्तिकै मौलाएको छ।

माक्स खाज्दै हिंडेका एक ग्राहकले बजारमा मास्क किन्न खोज्दा पसलले सबै माक्स चाइना पठाएका कारण माक्स सकिएको भनेर माक्स नदिएको बताए। त्यस्तै अर्को उक ग्राहकले स्वाभाविक मूल्य भन्दा बढी रकम तिरेर माक्स किनेको बताए।

कोरोना भाइरसको त्रास फौलिसंगै मास्कमा कालोबजारी गर्ने पनि उत्तिकै बढ्दै छन्। कालोबजारी गर्नेलाई सरकारले कारबाही पनि गरेको छ। मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।

विभागले क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गराएको छ। क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई समेत १० हजार त्रिपुरेश्वरमा रहेका खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई ५–५ हजार जरिवाना गराइएको छ।

सरकारले पनि यो रोगको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेको छ। सरकारले गत आइतबार सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेसँगै मानिस त्यसतर्फ सचेत हुन थालेका छन्। कोरोना भाइरसको त्रासकै कारण सरकारी, गैरसरकारी, अन्तर्रािष्ट्रय समूदायका साथै राजनीतिक पार्टी र संघसंस्थाले सार्वजनिक कार्यक्रम नगर्ने बताएका छन्।

फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ। सरकारले कोराना भाइरस फैलिन नदिन सक्दो प्रयास गरेको बताएको छ। दैनिक उपभोग्य वस्तु सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छ। मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले सो निर्णय गरेको हो।

सरकारले दैनिक उपभोग्य वस्तुको पूर्ववत रूपमा सहज र नियमित आपूर्ति व्यवस्था कायम गर्ने तथा मास्क,स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरूको मागलाई नियमित रूपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन वृद्धि गर्ने निर्णय गरेको छ।

यसैगरी सरकारले त्रिभुवन अन्तर्रािट्रय विमानस्थल लगायत नेपाल प्रवेशका प्रमुख नाकाहरूमा उपकरणसहित स्वास्थकर्मीहरूको व्यवस्था गरी यात्रुको ज्वरो मापनलाई अझै प्रभावकारी बनाउने तयारी गरेको छ।

कोरोना नेपालमै उत्पादित रोग नभएकोले बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने दावी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ। मन्त्रालयका अनुसार अहिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर बाहिरबाट नेपाल आउनेको जाँच गरिएको छ।

रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वाँसप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ। विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ। सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखियो भने निगरानीमा राखिने गरेको मन्त्रालयले जनाएको छ।

विरामी जाँचको व्यवस्था मिलाउन शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेका छन्। तयस्तै केही आईसोलेशन बेड पनि राखिएको छ। शुक्रराज ट्रपिकलसहित पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थामा राखिएको छ भने काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको छ।

चीनबाट फौलिएको कोरोना भाइरस ८४ वटा मुलुकमा पुगिसकेको छ। यसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन्। कोरोनाबाट चीनमा सबैभन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ। त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन्।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भइसकेको छ। २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जहाजमा मृत्यु भएको छ। चीनबाहिर १४ हजार ९ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५३ हजार ६ सय ८८ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्