‘मन्त्रीजी के खाए कोरोनाबाट बच्न सकिन्छ ?’

Laxmanlal karna
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन। सांसद लक्ष्मणलाल कर्णले कोरोना भाइरस (कोबिन१९) हल्ला फैलिएजस्तो भयानक नभएको बताएका छन्। कोरोनाबारे सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न उनले आग्रहसमेत गरेका छन्।

कोरोना भाइरसको प्रभाव फैलिन नदिन सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अनेक अफबाह फैलाएको भन्दै सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेका हुन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। ‘हामी भाग्यशाली छौँ। कोरोना भाइरसको सुरुवात चाइनाबाट भयो।

कसरी जोगिने भनेर त्यहाँ धेरै सतर्क भइयो,’ उनले भने, ‘सरकारले आफ्नो तयारीको जानकारी संसदबाट जनतालाई दिँदै जानुपर्छ। यसको प्रभाव रोक्न कसैले रक्सी खाए ठिक हुन्छ भन्छ। कसैले प्याज खाए ठिक हुन्छ भन्छ। कसले लसुन खाए ठिक हुन्छ भन्छ। मन्त्रीजी तपाईं नै बताइदिनुस् के खाए ठिक हुन्छ।’ मन्त्रीले जवाफ दिए सोसल मिडिया आफैँ पछाडि हट्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्