‘तत्काल अनिश्चितकालका लागि स्कूल-कलेज बन्द गरौं’

Ranjit-Tamang
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन। नेपाल कमयुनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सरकारसँग स्कूल कलेज तत्काल बन्द गर्न माग गरेका छन्। विश्वर फैलिएको कोराना भाइरसको जोखिम नेपालमा पनि बढिरहेको र त्यसबाट बच्न पूर्वसर्तक हुन आवश्यक रहेकाले अनिश्चित कालका लागि स्कूल कजेल बन्द गर्न उनले माग गरका हुन्।

‘यस महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ, संक्रमितको संख्या पनि उस्तै छ, मानिसहरुमा भय र आतंक ब्याप्त छ, उनले भने, विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिम भएको देशमा सुचिकृत गरेको छ।’ सरकारले उपचार र सतर्कता अपनाउन आह्वान गरे पनि त्यो पर्याप्त नभएको बताउदै नेता तामाङले भने, भिड-भाड,विवाह, भोज नगर्न भने पनि विद्यालय, कलेज, विश्वविध्यालय सुचारु भइरहनु द्विबिधायुक्त अवस्था सृजना भएको भन्दै उच्च सतर्कता अपनाउदै तत्काल अनिश्चितकालका लागि स्कूल कलेज बिदा गर्न जोडदार माग गर्दछौ।’

कोरोनासँग लड्न सबै प्रकारको सतर्कता र प्रभावकारी उपचारको वातावरण बनाउन सरकार समक्ष अनेरास्ववियूले माग गरेको छ। सम्भावित महामारीको सामना गर्न सरकारले आवश्यक ठाने अनेरास्ववियू स्वयमसेवक बनेर सरकारलाई सहयोग गर्न तयार रहेको नेता तामाङले बताए। तामाङले भने, ‘देशभरिका अनेरास्ववियूका नेता कार्यकर्तालाई विद्यार्थी, आम नागरिकमा कोरोना भाइरसबारे जानकारी दिन, जनचेतना मुलक सन्देश प्रबाह गर्न, उपचार र सतर्कता अपनाउन हार्दिक अपिल गर्दछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्