‘ह्वाम्ला मायासे’ बोलको गीत बजारमा (भिडियो)

33
लोकपाटी न्यूज

काठमाडौं। तामाङ समुदायका नायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत बजारमा आएको छ। भिडियोमा दोङलाई फरक लुक्समा भिडियोमा देख्न सकिन्छ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सूर्य किरण’ समेत निर्देशन गरिसकेका छन्। उनले १ हजारभन्दा भिडियोमा अभिनय गरिसकेका छन्। तामाङ फिल्म होस या म्युजिक भिडियोमा फरक र नयाँपन ल्याउने गरेका दोङले यो भिडियोमा नयाँ प्रयोग गरेका छन्।

दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर गायक एवं संगीतकार बिशाल काल्तानको रहेको छ। गायिका जितु लोप्चनले आवाजमा साथ दिएकी छिन्। भिडियोमा सम्पादन, कोरियोग्राफ र अभिनय अमिर दोङको रहेको छ। भिडियो मिस तामाङ २०१८ फस्ट रनर अप रञ्जिता लामाको अभिनय एकसाथ देख्न सकिन्छ।

https://www.youtube.com/watch?v=KZNPrp8A92k&feature=youtu.be

भिडियोलाई छायाङ्कन र ड्रोन सूर्य लामाले गरेका हुन् भने ड्रेस डिजाइनिङ क्लोथिङ इन नेपाल, अनिता नेगिले गरेकी हुन्। दोङले निर्देशन गरेको भिडियोमा सुश्मा मोक्तान, पदम दोङ, कुइसाङ रुम्बा, बिशाल थिङ, मिलन स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मी तामाङको अभिनय रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्