आफूखुसी सरुवा नभएपछि सांसद शाहले मागिन् मन्त्रीको राजीनामा

dil-kumari 555555555
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन। सांसद दिलकुमारी शाहले वन मन्त्रि शक्ति बहादुर बस्नेतको राजिनामा संसदमा उठाएको कुरालाई वन मन्त्रालयको सचिवालयले खण्डन गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दिलकुमारी शाहले वन मन्त्रि शक्ति बहादुर बस्नेतको राजिनामा संसदमा उठाएको कुरालाई वन मन्त्रालयको सचिवालयले खण्डन गरेको हो।

सांसद दिलकुमारी शाहले आफूले भनेको कर्मचारीलाई वन मन्त्रीले सरुवा नगर्दा संसदमा रिस पोखेको सचिवालयले बताएको छ। कर्मचारी सरुवाको लागि शाहले केहि महिना अगाडि वन मन्त्री शक्ति बहादुर बस्नेतसँग भेटघाटसमेत गरेकी थिइन्। आफूले भनेको ठाउँमा जसरी पनि सरुवा गर्न माग राखेपछि स्वकीय धिरज उपरकोटीले मन्त्रालयको नीजि सचिवालय गणेश शाहीसँग शाहलाई भेटघाट गराइ दिएका थिए।

सरुवाको कुरा अगाडि बढेपनि सांसद शाहले भनेको समयमा सरुवा नगरेको भन्दै फोन गरेर धिरज उपरकोटीलाई टचर दिएकी थिइन्। सरुवाको एकचरण सकेर फेरि काजमा वा सरुवा गर्ने भन्ने छलफल चलिरहदा करिव दुई हप्ता गाडी सांसद शाह मन्त्रालयमा पुगेर रिसाएर मन्त्रि खै ? मलाई तुरुन्त भेटाउनु पर्यो भनेर दबाब दिएकी थिइन्।

उक्त समयमा मन्त्री जिलाका माननीयहरुसँग भेटघाटमा रहेको र केहि समय वैइटिङ्गमा बस्नुस् भन्दासमेत उनले नमानेर मलाई अहिलेनै चाहियो भनेर जर्बरजस्ती ढोका खोलेर समेत भित्र प्रवेश गरेकी थिइन्। उनले मन्त्रालयको वैटिङ्ग हलमा बसेका आगन्तुक समेतलाई डिस्टर्ब हुने गरि हो हल्ला समेत गरेको सचिवालयले जनाएको छ।

उक्त समयमा स्वकीय धिरज उपरकोटीले जिलाका पार्टीका नेताहरुसँग विकास निर्माणमा सम्बन्धित गुनासो सुनिरहेको र छलफल चलिरहेको बेला शाह कराउँदा मन्त्रालयमा बसेका अन्य आगन्तुक समेत दङ्ग परेका थिए।सांसद शाहलाई धिरजले दिदि बस्नुस् म जसरी नि गर्छु भन्दापनि अपमान ढंगले रिस पोखेर गालि गर्दै मन्त्रालयबाट बाहिरिएको सचिवालयले जनाएको छ ।शाहले देखाएको हर्कतमा सचिवालय भने केहि पनि बोलेन।

त्यसैको फाइदा उठाएर सांसद शाहले शुक्रबारको प्रतिनिधिसभा बैठकमा वन मन्त्रीको राजीनामा माग गरेको उनको सचिवालयले बताएको छ। वनमन्त्रालयको सचिवालयले आज सम्म कसैको अपमान नगरेको र आफ्नो जिम्मेवारीलाई सम्झेर काम गरिरहेको भोलिको दिनमा पनि कसैप्रति पूर्वाग्रह नराख्ने बताएको छ। आफ्नो स्वार्थको लागि शाहले शसक्रबार संसदमा मन्त्री बस्नेत र स्वकीय धिरज उपरकोटीलाई राजतन्त्र नभएपनि मन्त्रालयमा राणाशाशनको संज्ञा दिएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्