मिर्गौला प्रत्यारोपण प्रत्येक नेपालीलाई निशुल्क हुनुपर्छ : सांसद ढकाल

Naramaya-Dhakal-3
लोकपाटी न्यूज

काठमाडौं। राजपाकी सांसद नरमाया ढकालले प्रधानमन्त्री केपी ओलीलाई जस्तै सबै मिर्गौला रोगीलाई मिर्गौला प्रत्यारोपणको सुविधा प्राप्त होस् भनी कामना गरेकी छिन्।

प्रतिनिधि सभाको शुक्रबारकाे बैठकमा बोल्दै उनले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरिन्। उनले प्रधानमन्त्रीलाई आफनो मृगौला दिने समीक्षा ज्ञवालीको साहसको पनि उच्च कदर गरेकी छिन्। दुई पटक नै प्रधानमन्त्री ओलीले महिलाहरुबाट मिर्गौला प्राप्त भएको स्मरण गराउदै अंगदान सम्बन्धी कानूनी जटिलताका कारण कठिनाई भोगिरहेका नागरिकहरुको बारेमा कानूनी जटिलता हट्ने विश्वास लिएको बताइन्।

साथै स्वदेशको सरकारी अस्पताल र स्वदेशी चिकित्सकहरुप्रतिको प्रधानमन्त्रीको विश्वास आगामी दिनमा पनि निरन्तरता रहने र अन्य नेतृत्वले पनि अनुशरण गर्ने वातावरण बन्ने अपेक्षा गरेको पनि बताइन्। उनले प्रधानमन्त्रीको कदमले नेपाली चिकित्सकहरुको मनोवल उठेकोसमेत बताएकी छिन्।

संसदमा सम्बोधनका क्रममा उनले कोरोन भाइसरको त्रास विश्वभर रहेकोले हाम्रो मुलुक पनि त्रासमा नै रहेको प्रसंग उल्लेख गरिन्। यसैकारण नेपालमा नागरिक सचेतना कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र यसबारे निरन्तर संसदलाई जानकारी गराउन सरकारसँग माग पनि गरिन्।

साथै कृतिम अभाव उत्पन्न गरी बजारमा औषधी, माक्स, खाध्य सामग्रीको कालोबजारी गर्नेहरुलाई कडा भन्दाकडा कारबाही गरी सरकार छ भन्ने अनूभुति दिने बाताबरण बनाउनु पर्ने माग पनि गरिन्। यस विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने माग पनि गरेकी छिन्।