यौन सम्पर्क गर्दा कोरोना सर्छ कि सर्दैन ?

Sex_Couple
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ। यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउँन सक्छ। कोरोना भाइरस विश्वका ८० देशमा फैलिइसकेको छ। आखिर कोरोना भाइरस कसरी फैलिन्छ ?

कोरोना भाइरस कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। विश्व स्वास्थ्य संगठनका प्रवक्ताका अनुसार कोरोना भाइरसबाट पीडित व्यक्तिभन्दा कम्तीमा पनि तीन फिट टाढा रहनुपर्छ। तर द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जारी गरेको सूचनामा पीडितभन्दा ६ फिट टाढा रहनुपर्ने उल्लेख छ।

बस, रेल या कुनै सार्वजनिक स्थलमा कोरोना भाइरस भएमा त्यहाँबाट फैलिने खतरा हुन्छ। हङकङको सेन्टर फर हेल्थले एक बौद्ध मन्दिरमा आएका केही श्रद्धालु यसैकारण कोरोना संक्रमित भएको बताएको छ।

कुनै कोरोना पीडित व्यक्ति आफैंले हातले खाना खाएको वा कम ठाउँमा धेरै मानिस खाना खान जम्मा भएमा पनि कोरोना भाइरस फैलिने खतरा हुन्छ। यद्यपि तातो खानामा कोरोना भाइरस निष्क्रिय हुनसक्छ। विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘सेक्सुअल ट्रान्समिटेड डिजिज’ अर्थात यौन सम्बन्धबाट सर्ने रोग होइन।

त्यसकारण यौन सम्बन्ध राख्दैमा कोरोना भाइरस सर्दैन। तर यौन सम्बन्धका क्रममा जुन यौन क्रिडा हुन्छ, त्यो निकै खतरनाक हुनजान्छ। पीडित व्यक्तिलाई किस गरेको खण्डमा कोरोना भाइरस सर्ने अधिक सम्भावना हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्