प्रधानमन्त्रीलाई सोमबारसम्म डिस्चार्ज गर्ने अस्पतालको तयारी

kp-oli-pm-hospital
  • 184
    Shares
लोकपाटी न्यूज

काठमाडौं, २४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबारसम्म अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको छ। उपचारमा संलग्न डाक्टरले उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएकाले आइतबार साँझ वा सोमबारसम्म डिस्चार्ज गर्न सकिने बताएका हुन्।

स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले बताए। डिस्चार्ज गरे पनि तत्काल भेटघाटमा भने कम गर्नुपर्ने बताए। ‘बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पतालमै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा आफूहरुले छलफल गरिरहेको छौं’, उनले भने।

गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उनले छिट्टै भिडियो कन्फ्रेन्समार्फत् सन्देश दिने तयारी गरेको पनि अस्पताल स्रोतले जानकारी दिएको छ।

यसैबीच, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ। उनलाई पनि आइतबार वा सोमबार घर पठाउने डाक्टर ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्