आज आठ मार्च : ११० औं श्रमिक महिला दिवस

women freedom
लोकपाटी न्यूज

काठमाडौं। महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको सङ्घर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ। आठ मार्च महिला अधिकार र स्वाभिमानकाे प्रतीकका रुपमा विश्वभर स्थापित छ।

सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन्। त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालेका हुन्।

माक्र्सवादीहरुले सुरु गरे पनि यो दिवस संसारभरिका पूँजीवादी महिलाले समेत मनाउँछन्। लामो समयदेखि महिलाहरुले सङ्घर्ष गरे भने नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए। तर, आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ।

महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन्। महिलाहरुको अधिकारका लागि सङ्घर्ष थालनी गरेको ११० वर्ष पुगिसक्दा आज पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ। महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ।

उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन्। घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन। महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ। आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन्। राजधानीमै किशोरीहरुमाथि जघन्य अपराधका घटना भएका छन्।

महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको वर्षौ वर्ष भए पनि अधिकार पाउन नसकेको अवस्थाकै बीच शुक्रबार विश्वकै महिलाहरु ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छन्। याे दिवसले महिलाहरुले न्याय समानता र स्वतन्त्रताकाे लक्ष्य हासिल गर्न सकून्। पुरुषहरुले महिला अधिकारका लागि अग्रगामी रुपमा साेचुन्। हार्दिक शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्