‘समाजले कोरेको सीमारेखा भत्काउँ’

Priya Devkota
म देशव्यापी रुपमा नारी दिवस मनाउन चाहन्छु। तर, यो त्यति सजिलो कार्य पनि होइन। देशव्यापी रुपमा नारी दिवस मनाउन सरकारबाट ठूलो बजेट होइन, तपाई हामीबाटै परिवर्तन गर्न शुरु गर्नुपर्दछ।
लोकपाटी न्यूज

प्रिया देवकोटा

काठमाडौंको भीडभाडको बीचमा अमृत क्याम्पसमा नारी दिवसलाई मध्यनजर राखेर कार्यक्रम गरिरहँदा त्यहाँ उठेका विभिन्न विषयका सबैले प्रशंसा गरे। तर त्यही भीडमा एक जनाले प्रश्न गर्दा उत्तर मसँग पनि थिएन। शहरमा सुखसयलमा हुर्केका केही महिला उच्च ओहोदामा पुग्दैमा सबै नारीहरुको जीवन मिडियामा देखिने जनप्रतिनिधि महिलाझै हुन्छ त ? काठमाडौंको बन्द कोठामा ५० जनाको उपस्थितिमा नारी दिवस मनाउँदैमा समस्या सामाधान हुन्छ त ?

हरेक वर्ष मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ। सन् १९०९ फेब्रवरी ८ मा सर्वप्रथम महिला दिवस मनाइएको थियो। तत्कालिन समयमा राजनीतिक हिसाबले सुरु भएता पनि वर्तमान समयमा महिला अधिकार महिला सशक्तिकरण समानता आदि सवालहरु अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरु हुने गर्दछन्।

सन् १९९० मा महिलाहरुलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो। अमेरिकी समाजवादीहरुले केही हदसम्म प्रेरणा पाएर जर्मन समाजवादी लुइस जित्जेले वार्षिक महिला दिवस स्थापना गर्ने प्रस्ताव राखे र उनको संगी समाजवादी र पनि कम्युनिष्ट नेता क्लारा जेट्किनले समर्थन गरिन्, जसलाई समाजवादी कार्यकर्ता कोटे डन्करले सर्मथन गरेका थिए। १७ देशका १०० महिलाले अधिकारका लागि समान अधिकारलाई बढावा दिने रणनीतिको रुपमा विचारसँग सहमत भए।

सन् १९१३ देखि मार्च ८ का दिन विश्वव्यापी रुपमा नारी दिवस मनाउन थालिएको थिया। यो दिवस मनाउनुको मुख्य उद्देश्य चाँहि महिला पुरुष बीचको लैंगिक हिंसा अन्त्य गर्नु हो। नारी दिवस मनाउने विश्वका २०४ देशमध्ये नेपाल पनि एक हो।

इतिहासमा समाजले एउटा सीमारेखा कोरेको थियो। अधिकांश कलिला उमेरका केटीहरुको उमेरले परिपक्क भएकाहरुसँग बिहे गरिदिने परम्परा थियो। रजश्वला हुनुअघि नै छोरीको विहे गरिदिने कुसंस्कारले गर्दा अल्पायुमा नै ज्यान गएको थियो। त्यो समाजले महिलाहरुलाई घरभित्र बन्धनमा राख्नुपर्छ भन्ने मान्यता राख्दथ्यो। अझै पनि देशका अधिकांश भागमा यस्ता कुरीति कायमै छ। अझै कैयौं चेलीहरु अशिक्षित छन्। नेपालमा परिवर्तन सजिलै आउँदैन। यस्ता दिवसले सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। त्यसैले पनि नारी दिवस मनाउन आवश्यक देखिन्छ।

विश्वव्यापी रुपमा हेर्ने हो भने विकासोन्मूख देशमा ४३ प्रतिशत महिलाहरु कृषि क्षेत्रमा मजदुरी गरेको पाइन्छ। यदी यी महिलाहरुलाई पुरुषलाई झै सेवा र सुविधा प्रदान गरियो भने २० देखि ३० प्रतिशत समग्र देशका लागि हेर्ने हो भने २.५ देखि ४ प्रतिशत यसले विश्वमा १२ देखि १६ प्रतिशत भोकमरी निवारण गर्न सकिन्छ। दक्षिण एसियामा ७० प्रतिशत महिलाहरु कृषि पेशामा छन्। विश्वमा २० प्रतिशतभन्दा कम मानिसहरु जग्गा मालिकको रुपमा छन् ।

सर्वेक्षणले के देखाउँछ भने यदी महिलाहरु आर्थिक रुपमा सशक्त भए भने स्वास्थ्य शिक्षा, बाल संरक्षण जस्ता व्यवस्थामा सुधार आउने देखिएको छ। अशिक्षित र ग्रामीण क्षेत्रका महिलारु धेरै उत्पीडनमा परेको देखिएको छ। माथि उल्लेखित समस्या र विश्वव्यापी रुपमा महिलाको अवस्था हेर्दा धेरैजसो विकासोन्मूख देशमा महिला हिंसाका घटना बढी हुने गरेको पाइन्छ। नेपालकै सन्दर्भमा हेर्दा पनि शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा महिला हिंसाको घटना बढी हुने गरेको पाइन्छ।

म देशव्यापी रुपमा नारी दिवस मनाउन चाहन्छु। तर, यो त्यति सजिलो कार्य पनि होइन। देशव्यापी रुपमा नारी दिवस मनाउन सरकारबाट ठूलो बजेट होइन, तपाई हामीबाटै परिवर्तन गर्न शुरु गर्नुपर्दछ। अनि मात्र देशव्यापी रुपमा नारी दिवस सफल बनाउन सक्छौं।

सयमा दश महिला सफल हुँदैमा त्यसलाई परिवर्तन भन्न मिल्दैन। छाउपडी गोठ भत्काएर छाउपडी अन्त्य हुने पनि होइन। छापडी अन्त्य गर्न त जीवनशैलीमा परिवर्तन गर्नुपर्छ। हामी सबै शिक्षित हुनुपर्छ। छाउपडी गोठ भत्काएर छाउपडी सोचको अन्त्य हुँदैन। देशमा परिवर्तन र विकास ल्याउन यातायात स्वास्थ्य र रोजगारीमा ध्यान दिनुपर्दछ।

नारी दिवस केवल आफ्नो अधिकार र स्वतन्त्रताका लागि मात्र नभएर आफ्ना कर्तव्य र जिम्मेवारीप्रति पनि हरेक नारीले आफ्नो कर्तव्य निष्ठाका साथ पूरा गर्छु अनि मात्र महिला अधिकार खोज्दा सुनमा सुगन्ध भनेझै सबै नारी समान उच्च हुने कहीँ कतै कसैले हेप्न पाउँदैन। बन्द कोठाभित्रको नारी दिवस कार्यक्रमले कुनै परिवर्तन ल्याउँदैन। यदी साँच्चिकै परिवर्तन ल्याउने हो भने देशका हरेक कुना कन्दरामा शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउनुपर्ने हुन्छ। हरेक घरमा हरेक छोरीलाई आत्मनिर्भर बन्न प्रेरणा दिनुपर्छ।

नारी अधिकार कुनै दिवसमा कैद हुन सक्दैन। यो त मुक्तियात्राको अनन्त प्रवाह हो। जैविक र लैंगिक विविधताले हाम्रो संघर्षलाई पनि दीर्घकालीन बनाइदिएको छ। त्यसका लागि हामीले आफूलाई थप शक्तिशाली बनाउन जरुरी छ। जुन दिन हरेक महिला निडर भएर आत्मनिर्भर छु भन्न सक्छन्, हो त्यही दिन सधैं नारी दिवस हुनेछ। अन्त्यमा म देशव्यापी रुपमा मनाउन सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्