राप्रपाको नीति राजसंस्थासहितको प्रजातन्त्र

लाेकपाटी न्यूज

काठमाडौं । पानीपोखरीमा भएको एक कार्यक्रममा दुबै राप्रपाका नेताहरुबीच पार्टी एकीकरण सम्बन्धि सहमति भएको छ । राप्रपाले राजसंस्थासहितको प्रजातन्त्रको नीति लिएको छ । दुई पार्टीबीच एकीकरण भई पार्टीको नाम राप्रपा राख्ने सहमति भएको छ । अधिवेशन नभएसम्मका लागि अध्यक्ष तीनै जना रहने सहमति बनेको छ ।

अधिवेशन नभएसम्मका लागि कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने व्यवस्था मिलाइएको छ । एकताका सहमति पत्रमा तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् । एकता घोषणा सभा भने फागुन २८ गते राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरिएको छ ।

हस्ताक्षर कार्यक्रममा तीनै जना अध्यक्षले भ्रष्ट्राचारलगायतको संकटबाट मुलुकलाई मुक्ति दिलाउन एकता गरिएको बताएका छन् । थकाई नमारी अगाडी बढ्ने र मुलुकको आवश्यकता अनुसार राजनीतिलाई अगाडी बढाउन तीनै नेताले प्रतिवद्धता पनि जनाएका छन् । एकतासँगै राप्रपा ठूलो शक्तिका रुपमा रहने दावी पनि नेताहरुको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्