प्रचण्डको शुभकामना : ‘नेपालको महिला आन्दोलन निकै अग्लो छ’

prachanda-2
  • 3.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको महिला आन्दोलन नयाँ उचाइमा आइपुगेको बताएका छन्। ११० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन्।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘आज विश्वभरका महिला दिदीबहिनीहरु मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो। महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो।’

प्रचण्डले नेपालका महिलाहरु जहिले पनि सङ्घर्षको अग्रमोर्चामा रहेको उल्लेख गरेका छन्। ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ’ सन्देशमा भनिएको छ, ‘महिलाहरुको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं।

प्रचण्डले ‘वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएकोमा खुसी व्यक्त गर्दै संवैधानिक, कानूनी र व्यवहारिक रुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि एक भएर लाग्ने सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु’ भनी सबै महिलाहरुलाई शुभकामना दिएका छन्।

Suvakamana Sandesh