‘दुई महिनामा मेलम्चीको पानी काठमाडौं आइपुग्छ’

Meeting about Melamchi
लाेकपाटी न्यूज

काठमाडौं, १६ मंसिर । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अबको दुई महिनामा काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने दाबी गरेका छन् ।

सचिव ठाकुरले आइतबार संसदको विकास तथा प्रविधि समिति बैठकमा सचिव यस्तो दाबी गरेका हुन् । उनले भने, ‘हामीले बारम्बार मिति तोक्दै सार्दै आउनुपर्ने बाध्यता थियो । अब ढुक्क हुनुहोस्, दुई महिनामा मेलम्चीको पानी काठमाडौं आइपुग्छ ।’

उनले यसअघि कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको बताउँदै अबको दुई महिनामा सबै प्राविधिक काम सकेर पानी हाल्ने जानकारी गराए ।

बैठकमा अब पनि मन्त्रालयले आमजनतालाई मेलम्चीको विषयमा ढाँट्न नहुने सांसदहरुलदे बताएका थिए ।