महिला आफैं कुरीतिको जञ्जालमा छन्ः मुख्यमन्त्री पोखरेल

Shankar-Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ११०औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएका छन्। महिला दिवसको अवसरमा आज जारी गरेको वक्तव्यमा उनले भनेका छन्, ‘संविधानको सफल कार्यान्वयन गर्दै समतामुलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न म सबै राजनीतिक दल, समुदाय, संघसंस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु।’

उनले नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेको उल्लेख गर्दै यसविरुद्ध हातेमालो गरि कानून कार्यान्वयन गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन्। लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पुर्‍याउन महिलाहरुको सक्रियता, जुझारुपन र अठोटको उनले सम्मान व्यक्त गरे।

विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न सम्भव भएको मुख्यमन्त्रीले बताए। ‘समावेशी, समानुपातिक र लैंगिक हिसाबले पनि नेपालको संविधान विश्वमै नमूना छ। महिला समानतासंग सम्बन्धित विभिन्न विषयलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ। विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा हामी जुटिरहेका छौं,’ वक्तव्यमा भनिएको छ।

संविधानको सफल कार्यान्वयन गर्दै समतामुलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न मुख्यमन्त्रीको आग्रह छ। कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको स्मरण गरउँदै सचेतना जगाउने गरि दिवस मनाउन मुख्यमन्त्रीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्