‘मास्क र औषधिको कालोबजारी गरे कारबाही गर्छौ’

लोकपाटी न्यूज

रमेश भुसाल/कपिलवस्तु। कोरोना भाइरसको त्रास फैलिएको अवस्थामा मास्क र औषधिमा कृत्रिम अभाव नगर्न औषधि व्यवसायी संघ कपिलवस्तु शाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएसँगै बजारमा मास्क र औषधिको समेत कालोबजारी भएको भनी जनगुनासो बढेकाले त्यस तर्फ ध्यानाकर्षण भएको शाखाका अध्यक्ष डा. धर्मराज भट्टराईले बताए।

औषधि, मास्क जस्ता बस्तुहरूमा कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि नगर्न, नगराउन सबै व्यवसायीहरूलाई आग्रह उनले आग्रह गरे। साथै उनले कानूनको दायरा भित्र रहेर विक्री वितरण गर्न समेत शाखाका अध्यक्ष डा. भट्टराईले अनुरोध गरे।

मानवीय संवेदनशीलतालाई बेवास्ता गरी कृत्रिम अभाव सृजना गर्ने र मूल्य वृद्धि गरी बिक्री वितरण गरेमा सरकार समक्ष कडा भन्दा कडा कारबाहीको माग गर्दै संघले पनि कडा कदम चाल्ने उनले चेतावनी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्