अभिनेत्रीको पारदर्शी पहिरन विवादमा, हुनसक्छ ५ वर्ष जेल

Actress of Egypt
लाेकपाटी न्यूज

एजेन्सी । अभिनेत्रीको पारदर्शी पहिरनलाई लिएर विवाद शुरु भएको छ । इजिप्टकी अभिनेत्री रानिया यूसेफले एक फिल्म फेस्टिवलमा कालो रङको पारदर्शी ड्रेस लगाएकी थिइन् । त्यसपछि मानिसहरुले अश्लीलताको संज्ञा दिँदै उनको चर्को विरोध गरेका छन् । उनीमाथि मानिसहरुले सार्वजनिक रुपमा अश्लीलता फैलाएको आरोप लगाएका छन् । यदि आरोप सावित भएमा ४४ वर्षीया अभिनेत्रीमाथि पाँच वर्षको जेल सजायसम्म हुन सक्ने बताइएको छ ।

इजिप्टमा अझैपनि रुढीवादी विचार हटिसकेको छैन । यसकारण पनि इजिप्टमा खुला विचारलाई लिएर विवाद हुने गरेको पाइन्छ । यस मामिलामा वकिलहरुको समूहले चीफ प्रोसेक्यूटरसँग मुद्दा दर्ता गरेका थिए । तरपनि मानिसहरु अभिनेत्रीले कुन लुगा लगाउन हुन्छ कुन लगाउन हुन्न भन्ने याद गर्नुपर्ने बताउँदै आएका छन् । १२ जनवरीमा यस मामिलाको सुनुवाई हुनेछ । यद्यपी अभिनेत्रीले माफी मागिसकेकी छन् । उनले यति धेरै विरोध हुने थाहा भएको भए म यस्तो पहिरन नै लगाउने थिइनँ भनेकी थिइन् ।

इजिप्टमा गतवर्ष पप गायिकाले इनरवयर पहिरिएर केरा खाएको भिडियोको कारण जेल पठाइएको थियो । २५ वर्षीया शायमा अहमदलाई अदालतले अश्लीलतामार्फत उत्तेजना भड्काएको आरोपमा २ वर्ष जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्