प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न शिक्षण अस्पतालमा झलनाथ खनाल

jhalanath_khanal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल त्रिवि शिक्षण अस्पताल पुगेका छन्। उनले चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री ओलीले फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्। चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए। त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए। त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्