रियल मड्रिडलाई धक्का, बार्सिलोनालाई फाइदा

Real-Betis-moved
लाेकपाटी न्यूज

काठमाडौं । उपाधि होडमा रहेको रियल मड्रिडलाई धक्का लागेको छ । आइतबार राति भएको खेलमा स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिड रियल बेटिससँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल बेटिसले अन्तिम समयमा गरेको गोलबाट रियल मड्रिडलाई स्तब्ध बनाएको हो । ४० औँ मिनेटमा डा सिल्भा जुनियरको गोलबाट रियल बेटिसले सुरुवाति अग्रता लियो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले रियल मड्रिडका लागि बराबरी गोल गरेका हुन् । तेलोले ८२ औँ मिनेटमा गोल गरेर रियल बेटिसलाई जित दिलाएका हुन् ।

पराजित भएको रियल मड्रिड दोस्रो स्थानमा छ, उसको २७ खेलबाट ५६ अंक छ । रियल मड्रिडको पराजयले बार्सिलोनालाई फाइदा भएको छ । शीर्षस्थानको बार्सिलोना २७ खेलबाट ५८ अंक रहेको छ । आइतबार राति भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले रियल भालाडोलिडलाई ४–१, लेगानेसले भिल्लारियललाई २–१ तथा ओसासुनाले स्पानियोललाई १–० ले पराजित गरेका छन् । यस्तै लेभान्टे र ग्रानाडाले १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्