चार क्यामेरासहितको आइफोन, यस्ता छन् विशेषता

Iphone_with-4-camera pic
लाेकपाटी न्यूज

काठमाडौं, २६ फागुन। सन् २०२० भित्रमै आइफोन एप्पलले १२ सार्वजनिक गर्ने भएको छ। ४ वटा क्यामेरा जडान हुने आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागिएको हो।

फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्षअघि सार्वजनिक भएको आइफोन ४ वा ५ जस्तै हुने जनाइएको छ। जसमा सार्पर एजेससमेत हुनेछ।

एप्पलले १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इञ्चबाट घटाएर ५.४ इञ्च बनाउने छ। आइफोन १२ मा पछाडि चार क्यामेरा समावेश गर्ने र फाइभ जी समर्थनको साथ आउने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्